+

तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एकमात्र नेपाली खेलाडी

२०८२ पुष  २३ गते ११:३६ २०८२ पुष २३ गते ११:३६
तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एकमात्र नेपाली खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ।
  • सोमपाल कामी तेस्रोपटक विश्वकप खेल्ने खेलाडी भएका छन् र उनी २०१४, २०२४ र २०२६ विश्वकपमा खेल्नेछन्।
  • पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् भने कप्तान रोहित पौडेलसहित ९ खेलाडी दोस्रोपटक विश्वकप खेल्नेछन्।

२२ पुस, काठमाडौं । आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा हुँदा सोमपाल कामी मात्र तेस्रोपटक विश्वकप खेल्ने खेलाडीका रूपमा छन् ।

नेपालले पहिलोपटक सन् २०१४ मा विश्वकप खेल्दा खेलेका सोमपाल कामीले २०२४ मा पनि खेले भने अब हुन लागेको २०२६ विश्वकपमा पनि खेल्ने छन् ।

यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । राष्ट्रिय टिममै पहिलोपटक परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव पहिलोपटक विश्वकप सहभागिता हुनेछ ।

यता कप्तान रोहित पौडेलसहित ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्नेछन् । रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए ।

कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक विश्वकपमा नेपालको कप्तानी गर्दै छन् ।

सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय