+

एनएसजेएफ स्पोर्ट्स समिटमा विश्वकप ट्रफी

२०८२ पुष  २२ गते २०:५९ २०८२ पुष २२ गते २०:५९
एनएसजेएफ स्पोर्ट्स समिटमा विश्वकप ट्रफी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकपको ट्रफी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने प्रतियोगिताको पूर्वसन्ध्यामा पोखरामा प्रदर्शन गरिएको छ।
  • पोखरामा खेल पयर्टन र अर्थतन्त्र विषयमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजित स्पोर्ट्स समिटमा विशेषज्ञहरूले खेलकुदको सम्भावना र नीजि क्षेत्रको सहभागिताको आवश्यकता औँल्याए।
  • पोखरामा भौतिक पूर्वाधार पर्याप्त भए पनि खेल प्रतियोगिता आयोजनामा समन्वयको कमी रहेको र प्रतियोगिताको प्रोत्साहन आवश्यक रहेको पोखरा टुरिजम बोर्डका अध्यक्षले बताए।

२२ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स समिटमा आईसीसी टी-२० विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ ।

भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफी सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्ट्स समिटमा प्रदर्शन गरिएको हो ।

त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीफेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा । कार्यक्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई रहेका थिए ।

कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए । उनले पयर्टन प्रवर्द्धनका लागि जहिले पनि नयाँ अयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने भने । परिषदका पूर्व सदस्य घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न नीजि क्षेत्रको प्रतक्ष्य सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि नीति नै बनाउनु पर्ने बताए ।

यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे । उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय भइनरहेको दाबी गरे ।

पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको बताए । उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन आवश्यक रहेको सुनाए ।

एनएसजेएफ स्पोर्टस समिट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय