+

२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : पूजा महतोलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड

२०८२ पुष  २३ गते १७:१३ २०८२ पुष २३ गते १७:१३
२२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड : पूजा महतोलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको छ।
  • पोखरामा भएको कार्यक्रममा पूजा महतोलाई उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मान गरिएको हो।
  • पूजाले अवार्ड अभिभावकप्रति समर्पित गर्दै 'एनएसजेएफलाई धन्यवाद, क्यानलाई धन्यवाद' भनिन्।

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको छ ।

पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा पूजालाई उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मान गरिएको हो ।

वर्ष युवा खेलाडीको मनोनयनमा एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका थिए ।

अवार्ड प्राप्त गरेपछि पूजाले एनएसजेएफलाई धन्यवाद दिँदै अवार्ड अभिभावकप्रति समर्पित गरेको बताइन् ।

‘एनएसजेएफलाई धन्यवाद, क्यानलाई धन्यवाद । यो अवार्ड बाबा र ममीलाई डेडेकेट गर्न चाहन्छु’ उनले भनिन् ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय