News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरेको छ।
- पोखरामा भएको अवार्ड कार्यक्रममा दीपेन्द्रसिंह ऐरीलाई वर्षकै उत्कृष्ट पुरुष खेलाडीको अवार्डबाट सम्मान गरिएको हो।
- दीपेन्द्रले नेपाली क्रिकेट टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै नेपाल प्रिमियर लिगमा लगातार दुईपटक सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याएका थिए।
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरेको छ ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा दीपेन्द्रलाई वर्षकै उत्कृष्ट पुरुष खेलाडीको अवार्डबाट सम्मान गरिएको हो ।
वर्ष पुरुषको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजयी सिन्जाली, टेबल टेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द मनोनयनमा परेका थिए ।
दीपेन्द्रले नेपाली क्रिकेट टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन् ।
यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दुईपटक सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याएका थिए ।
प्रतिक्रिया 4