+

एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी

२०८२ पुष  २३ गते २०:२३ २०८२ पुष २३ गते २०:२३
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषित भए।
  • पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जिते र उनले पल्सर बाइक प्राप्त गरे।
  • नेपालको खो खो महिला र पुरुष टिमलाई 'टिम अफ दि इयर' अवार्ड प्रदान गरियो।

२३ पुस, पोखरा । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे ।

यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका समग्रमा चाैथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र जितेकी छन् ।

यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए ।

रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे ।

नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो । उनले पनि पल्सर बाइक प्राप्त गरिन् ।

पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो ।

एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो । लामाले पनि पल्सर बाइक प्राप्त गरे ।

पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।

कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ । आगामी दिनमा अवार्ड अझ भव्य रुपमा आयोजना गर्नेछाैं’ एनएसजेएफका अध्यक्ष निरन्जन अधिकारीले समापनमा भने ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय