+

शेरबहादुर खड्का स्मृति महिला भलिबलमा न्यु डायमन्ड र नेपाल पुलिसको विजयी सुरुवात

२०८२ पुष  २३ गते २१:०६ २०८२ पुष २३ गते २१:०६
शेरबहादुर खड्का स्मृति महिला भलिबलमा न्यु डायमन्ड र नेपाल पुलिसको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
  • प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई र नेपाल पुलिसले एपीएफ क्लबलाई सोझो सेटमा हराएको छ।
  • प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन्।

२३ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । दुवै ३–० को सोझो सेटमा विजयी भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा सातौं संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्‍यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा प्रहरीले सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबलाई सीधा सेटमा २५–२२, २५–२० र २५–२१ ले हरायो ।

पहिलो खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी र दोस्रोमा प्रहरीकी पुनम चन्द ‘प्लेयर अफ म्याच’ घोषित भए । दुवैले जनही १५ हजार नगद पुरस्कार जिते ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतिष्ठानले नगद ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरेको थियो । सदस्य–सचिव मेहता र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सुमित्रालाई पुरस्कृत गरे ।

बिहीबार २ खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस र त्रिभुवन आर्मी तथा दोस्रो खेल न्यु डायमन्ड र एपीएफबीच हुनेछ ।

राउन्ड रोविन लिगका आधारमा शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थानमा रहने टिम पुनः उपाधिका लागि भिड्ने छन् । बाँकी २ टोलीले तेस्रो स्थानलाई खेल्ने छन् ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय