+

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : साहारा युवा क्लब सेमिफाइनलमा

२०८२ पुष  २३ गते २१:१५ २०८२ पुष २३ गते २१:१५
बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : साहारा युवा क्लब सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहारा युवा क्लब पहलमानपुरले बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
  • साहाराले विनिता स्मृति युवा क्लब मोहन्याललाई ९–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो जहाँ विकास मल्लले पाँच गोल गर्दै म्यान अफ द म्याच घोषित भए।
  • प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

२३ पुस, काठमाडौं । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा साहारा युवा क्लब पहलमानपुर लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो खेलमा हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको साहाराले दोस्रो खेलमा विनिता स्मृति युवा क्लब मोहन्याललाई ९–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफमै ३–० को अग्रता बनाएको साहाराले दोस्रो हाफमा थप ६ गोल गर्दै शानदार जित दर्ता गर्‍यो। साहाराका लागि विकास मल्लले ह्याट्रिकसहित ५ गोल गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए। उनले खेलको पहिलो मिनेटमै गोल गर्दै सुरुवात गरेका थिए भने दोस्रो हाफको ४९, ६७, ६९ र ७२औँ मिनेटमा थप गोल गरे।

त्यसैगरी कप्तान खगेन्द्र बोहराले २४औँ र ५२औँ मिनेटमा दुई गोल गरे भने लक्ष्मण कामी र गोविन्द न्यौपानेले समान एक–एक गोल गरे।

कैलाली जिल्ला फुटबल संघद्वारा आयोजना गरिएको पहिलो आधिकारिक प्रतियोगितामा सहभागी विनिता स्मृति युवा क्लब मोहन्यालले भने सम्झनलायक प्रदर्शन गर्न सकेन। टोलीका कुनै पनि खेलाडी गोल गर्न सफल भएनन्।

अब साहारा युवा क्लब पहलमानपुरले बिहीबार हुने दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा बिहान ११ बजे संघर्ष युवा क्लब गोदावरी र बागमारा स्पोटर्स क्लब लम्की आमनेसामने हुनेछन्।

कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोलीहरूको सहभागिता रहेको छ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए।

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय