+

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब भिड्ने

२०८२ पुष  २४ गते २०:३७ २०८२ पुष २४ गते २०:३७
बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बद्री कुन्ता मेमोरियल यू-१६ फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ ।
  • सहारा युवा क्लबले दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा पुगेको हो।
  • फाइनलमा सहारा युवा क्लब पहलमानपुरले संघर्ष युवा क्लब गोदावरीसँग उपाधिका लागि खेल्नेछ।

२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । सहारा युवा क्लब पहलमानपुरले अब उपाधिका लागि शनिबार संघर्ष युवा क्लब गोदावरीसँग खेल्नेछ ।

धनगढी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलको ९० मिनेटभित्रै कुनैपनि टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । जहाँ सहारा युवा क्लब ५–४ ले विजयी भयो ।

खेलमा सहारा क्लबका दिपेश शाही म्यान अफ दी म्याच चुनिँदै नगद एक हजार र ट्रफी जित्न सफल भए ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा संघर्ष युवा क्लब गोदावरीले बागमारा स्पोटर्स क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोली सहभागी थिए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

साथै विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद सहित ट्रफी प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए ।

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय