News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सांगीतिक समूह 'इन्द्रेणी'ले म्याग्दीको बेनी-१ स्थित रत्नेचौरमा १६ माघमा सांगीतिक प्रस्तुति दिने भएको छ।
- रत्नेचौर सेवा समाजको पहलमा इन्द्रेणीले हालै काठमाडौंस्थित स्टुडियोमा एक एपिसोडको छायांकन गरेको छ।
- इन्द्रेणीको कार्यक्रममा लोकदोहोरी कलाकार सूर्य खड्का सहभागी हुने र बागलुङ, पर्वतबाट दर्शक आउने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाली ‘लाइभ दोेहोरी’ क्षेत्रको सांगीतिक समूह ‘इन्द्रेणी’ ले म्याग्दीको बेनी- १ स्थित चर्चित पर्यटकीय थलो रत्नेचौरमा सांगीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘भाइरल तोरिबारी’ मा १६ माघमा इन्द्रेणी गुञ्जिने भएको हो ।
‘गाउँको पहिचान, कला र संस्कृतिको सम्मानका लागि विविध सांस्कृतिक कार्यक्रम’ को अवसरमा इन्द्रेणीले प्रस्तुति दिन लागेको जनाइएको छ । यो कार्यक्रमको लागि रत्नेचौरका समाजसेवी नेत्रबहादुर महत र इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका व्यवस्थापक भक्तबहादुर देउवाबीच लिखित सहमति भएको छ ।
मुलुकका विभिन्न थलोमा पुगेर संगीतमार्फत संस्कृति प्रवर्धन गर्दै आइरहेको इन्द्रेणीले पछिल्लो समय म्याग्दीको चर्चित थलोमा प्रस्तुति दिन लागेको हो । रत्नेचौर सेवा समाजको पहलमा संस्थाको टोलीलाई सहभागी गराएर इन्द्रेणीले हालै एक एपिसोडको छायांकन काठमाडौंस्थित स्टुडियोमा गरेको छ ।

यसको टिजर इन्द्रेणीले सार्वजनिक गरेको छ । रत्नेचौरमा हुने प्रस्तुतिमा लोकदोहोरी कलाकार सूर्य खड्का पनि सहभागी हुने जनाइएको छ । इन्द्रेणीको कार्यक्रममा म्याग्दीसहित बागलुङ र पर्वतबाट समेत दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेका छन् । इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेलले रत्नेचौरको कार्यक्रममा सहभागि हुन आग्रह गरे ।
‘इन्द्रेणी’ हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ भने युट्युब च्यानलमा पनि आउँछ ।
प्रतिक्रिया 4