+
+
Shares

आर्थिक गतिविधि सुधारसँगै बढ्न थाल्यो महँगी

चालु आव मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत छ । कात्तिकमा यस्तो वृद्धिदर १.११ प्रतिशत थियो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष मंसिरदेखि वार्षिक उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत पुगेको छ, जुन कात्तिकको १.११ प्रतिशतभन्दा बढी हो।
  • चालु आव पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले घटेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत छ।
  • मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक उपभोक्ता मूल्य सूचकांक १.०९ र सहरी क्षेत्रको १.८३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ।

२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएदेखि निरन्तर घट्दो क्रममा रहेको मूल्यवृद्धि मंसिरदेखि बढ्न थालेको छ ।

आर्थिक गतिविधिमा सुधारको संकेत देखिएसँगै मूल्यवृद्धि पनि बढ्न थालेको हो ।

चालु आव मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत छ । कात्तिकमा यस्तो वृद्धिदर १.११ प्रतिशत थियो । कात्तिकभन्दा बढे पनि गत आवको दाँजोमा मूल्यवृद्धि निकै न्यून नै छ । गत आव मंसिरमा मुद्रास्फीति ६.०५ प्रतिशत थियो ।

चालु आव पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत छ ।

गत आव सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमश: ९.९९ प्रतिशत र ३.९२ प्रतिशत थियो ।

गत पाँच महिनाको औसत मुदास्फीति १.५५ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत थियो ।

चालु आव पाँच महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थ ३.५६ र दुग्ध पदार्थ तथा अन्डाको २.४४ प्रतिशत बढेको छ ।

त्यस्तै तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसला ८.४३ र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, शिक्षा ७.५६, कपडाजन्य तथा जुत्ताचप्पल ५.२९, सुर्तीजन्य पदार्थ ४.१५ र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशत घटेको छ । मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.०९ र सहरी क्षेत्रको १.८३ प्रतिशत बढेको छ ।

प्रदेशगत हेर्दा कोशीको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेस २.०१, बागमती १.४८, गण्डकी १.०८, लुम्बिनी १.६७, कर्णाली १.०९ र सुदूरपश्चिमको ०.४० प्रतिशत छ ।

चालु आव मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५, तराई १.७१, पहाड १.३६ र हिमालको १.४७ प्रतिशत छ ।

गत मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत छ । गत आव सोही महिना ६.५२ थियो । उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.४१ प्रतिशत छ भने मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको क्रमश: ४.२७ र २.०९ प्रतिशत छ । निर्माण सामग्रीको थोक मूल्य सूचकांक ४.५२ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?