+
+
Shares

पूर्वमन्त्री दाहालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते ९:२३

२६ पुस, काठमाडौं । पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि वीर अस्पताल लैजादै गर्दा दाहालको बाटोमै निधन भएको हो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ । वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति-३, रामपुरमा जन्मिएका दाहालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि योगदान दिएका थिए ।

पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको कलम चलाएका दाहाल साहित्यकार समेत हुन् ।

पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उनी पटक-पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताएका थिए । उनले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरेका थिए ।

दाहाल नेपाल २०४९–२०५१ सम्म पत्रकार महासंघको सभापति भएका थिए । उनी प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि काम गरेका थिए ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गरेका उनी २०६१ मा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?