दिवंगत होमनाथ दाहाल
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ ।
आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो । बैठकले आजदेखि तीन दिनसम्म पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।
नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गरेका उनी २०६१ मा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।
यो बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा भनेका सहभागी भएका थिएनन् । उनीहरु २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेर तयारीमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4