२६ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनेको पदयात्रा स्थगित भएको छ।
विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो ।
कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो ।
विशेष महाधिवेशन पक्षधर आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको बेला कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । महाधिवेशन भने स्थगित नहुने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।
उनका अनुसार आइतबार भृकुटीमण्डपमा दिवंगत नेता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेर विशेष महाधिवेशनको उद्घाटन गरिनेछ ।
प्रतिक्रिया 4