+
+
Shares

सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा पुस २५ देखि नियुक्त गरेको छ।
  • बस्यालले करिब ३६ वर्ष बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका छन् र सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।
  • सन् २००५ देखि सिद्धार्थ बैंकमा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर बजार व्यवस्था, कर्जा लगानी र जोखिम व्यवस्थापनमा योगदान दिएका छन्।

२७ पुस, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रही समग्र बैंक सञ्चालनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ गनुपर्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दिगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबुत हुने विश्वास जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?