२७ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले अब पार्टी गुटबाट मुक्त हुनुपर्ने बताएकी छिन् ।
आइतबारबाट काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘हामी चाहन्छौं नेपाली कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ । हामी क्रिपा मान्दैनौं । कांग्रेसलाई कमजोर हुन दिँदैनौं,’ उनले भनिन ् र
केही दलहरू खडा भइरहेको अवस्थामा अबको निर्वाचनमा पनि तिनीहरूविरुद्ध खडा हुन महाधिवेशनले भूमिका खेल्नुपर्ने बताइन् ।
‘बीपीको विचारबाट बनेको कांग्रेसले इतिहासलाई हेरेर केही दलहरू खडा हुने कोसिस गरिरहेका छन्, त्यो सँग खडा हुनका लागि यो महाधिवेशनले ऊर्जा प्राप्त गर्नेछ,’ उनले भनिन् ।
विशेष महाधिवेशन माग गर्दै नेताहरूको दैलो दैलोमा पुग्दा पनि सुनुवाइ नभएकोमा उनले गुनासो गरिन् ।
‘नेपाली कांग्रेसको विधानले खोजेको महाधिवेशन प्रतिनिधिले रोजेको हामीले चाहेको विशेष महाधिवेशनका लागि ५४ प्रतिशत हस्ताक्षर जब केन्द्रीय कार्यालयमा दर्ज भयो अनि हामी हाम्रै नेताहरूको दैलोमा गयौं’ भुसालले भनिन्, ‘विधानले चाहेको विशेष महाधिवेशन हुनुपर्छ भनेर नेताको घर घरमा गयौं तर हामी निराश भएर फर्किएर आउन परेका कारणले हामीले विशेष अधिवेशन प्रतिनिधिको सम्मानका लागि हामी यहाँ आउनुपरेको हो ।’
प्रतिक्रिया 4