News Summary
Generated by OK AI. Editorially reviewed.- सांगीतिक समूह कुटुम्बले बुढानिलकण्ठको २९ रिसोर्ट एन्ड फार्म हाउसमा साँझ ५ बजेदेखि राति ९ बजेसम्म प्रस्तुति दिएको छ।
- ब्याण्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक रैथाने धुन प्रस्तुत गर्दै नेपाली मौलिक संगीत प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।
- फार्म हाउस सञ्चालक दिमेश श्रेष्ठले गीतसंगीत र बिजनेसलाई जोड्दा नेपाली मौलिक संगीत विस्तार हुने बताए।
काठमाडौं । सांगीतिक समूह ‘कुटुम्ब’ ले बूढानिलकण्ठमा प्रस्तुति दिएको छ । त्यहाँको चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ब्याण्डले लाइभ प्रस्तुति दिएको हो ।
नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ब्याण्डले साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति दिएको थियो ।
सो अवसरमा ब्याण्डले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुन प्रस्तुत गरेको थियो । ती धुनमा लोकप्रिय गीतका टुक्रा प्रस्तुत गर्दा दर्शक झुमेका थिए ।
‘हाम्रो मुख्य उद्देश्य नै नेपाली मौलिक नेवारी कल्चरलाई प्रवद्र्धन गर्दै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि थियो । हामी हाम्रो संगीतलाई बिस्तारै भुल्दै पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै भव्य र सभ्य मौलिक संगीत पनि छ है भन्ने हो’
फार्म हाउसका सञ्चालक मध्येका एक दिमेश श्रेष्ठले भने, “गीतसंगीत र बिजनेसलाई यसैगरी टाइअप गर्दै लैजानुपर्छ । नेपाली गीतसंगीतलाई कर्पोरेटसँग जोड्दै जान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ ।’
कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो । दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको उक्त फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो ।
प्रतिक्रिया 4