News Summary
Generated by OK AI. Editorially reviewed.- ८३ औं गोल्डेन ग्लोब अवार्डमा 'वान ब्याटल अफ्टर अनदर' संगीत वा हास्य विधातर्फ र 'ह्याम्नेट' ड्रामा विधातर्फ उत्कृष्ट फिल्म घोषित भए।
- पौल थोमस एन्डर्सनले 'वान ब्याटल अफ्टर अनदर' का लागि उत्कृष्ट पटकथा, निर्देशनसहित चार पुरस्कार जिते।
- नेटफ्लिक्स सिरिज 'एडोलसेन्स' ले चार पुरस्कार जितेर सबैभन्दा धेरै पुरस्कार पाएको टिभी कार्यक्रम बन्यो।
लस एन्जलस । ८३ औं ‘गोल्डेन ग्लोब अवार्ड’ मा कट्टरपन्थी राजनीतिलाई ब्यंग्य गर्ने फिल्म ‘वान ब्याटल आफ्टर एनदर’ र विलियम शेक्सपियरको जटिल घरेलु जीवनको झलक दर्शाउने ‘ह्याम्नेट’ ले शीर्ष पुरस्कार जितेका छन् ।
“वन ब्याटल आफ्टर एनदर’ संगीत वा हास्य विधातर्फ उत्कृष्ट फिल्म बन्दा ‘ह्याम्नेट’ फिल्म ड्रामातर्फ उत्कृष्ट बन्यो । “वन ब्याटल आफ्टर अनदर’ र “द पिट’ निर्माण गर्ने वार्नर ब्रदर्स डिस्कभरीको लागि यो एउटा ठूलो रात थियो ।
पौल थोमस एन्डर्सनको लागि उत्कृष्ट पटकथा र निर्देशन विधासहित ‘वान ब्याटल आफ्टर एनदर’ ले ४ विधा जित्यो । “ह्याम्नेट’ ले ले जेसी बकलीको शोकाकुल आमाको चित्रणको लागि उत्कृष्ट अभिनेत्रीसहित दुई ट्रफी जित्यो । फिल्मलाई चाहिँ फोकस फिचर्सले निर्माण गरेको हो ।
नेटफ्लिक्सको सिरिज ‘एडोलसेन्स’ ले कुल ४ पुरस्कार जित्यो, जुन कुनै पनि टिभी कार्यक्रम भन्दा सबैभन्दा धेरै हो । यसका निर्माता स्टीफन ग्राहमले लिमिटेड सिरिजतर्फ उत्कृष्ट अभिनेताको अवार्ड जिते भने एरिन डोहर्टीले टिभी ड्रामातर्फ उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितिन् ।
श्रृंखलाका १६ वर्षीय सह-कलाकार ओवेन कूपरले टिभी ड्रामार्फत उत्कृष्ट सह-अभिनेताको अवार्ड जिते, जो यस श्रेणीमा अहिलेसम्मकै कान्छो विजेता बने ।

प्रमुख विधामा कसले जिते ?
उत्कृष्ट फिल्म- ड्रामा
ह्यामनेट
उत्कृष्ट फिल्म- म्युजिकल अर कमेडी
वान ब्याटल आफ्टर एनदर
उत्कृष्ट गैरअंग्रेजी फिल्म
द सेक्रेट एजेन्ट
उत्कृष्ट एनिमेटेड फिल्म
केपप डेमन हन्टर्स
उत्कृष्ट अभिनेत्री ड्रामा
जेसी बक्ले- ह्यामनेट
उत्कृष्ट अभिनेता ड्रामा
वाग्नर मौरा- द सेक्रेट एजेन्ट
उत्कृष्ट अभिनेत्री म्युजिकल अर कमेडी
रोज बार्यन- इफ आई ह्याभ लेग्स, आइ वुड किक यू
उत्कृष्ट अभिनेता म्युजिकल अर कमेडी
टिमोथी चालमेट- मार्टी सुप्रिम
सिनेम्याटिक बक्सअफिस अचिभमेन्ट
सिनर्स
उत्कृष्ट निर्देशक
पौल थोमस एन्डर्सन- वान ब्याटल आफ्टर एनदर
उत्कृष्ट पटकथा
पौल थोमस एन्डर्सन- वान ब्याटल आफ्टर एनदर
टिभीतर्फ
उत्कृष्ट श्रृंखला ड्रामा
द पिट
उत्कृष्ट श्रृंखला कमेडी अर म्युजिकल
द स्टुडियो
उत्कृष्ट लिमिटेड सिरिज
एडोलसेन्स
उत्कृष्ट अभिनेत्री ड्रामा
रिया सीहर्न- प्लुरिबस
उत्कृष्ट अभिनेता ड्रामा
नोआ वाइल- द पिट
प्रतिक्रिया 4