२९ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।
आज बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।
पार्टी विवादबारे आजै दुवै पक्षबीच वार्ता हुँदैछ । त्यसको मिति र स्थान भने तोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4