+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १०:०१

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने बताइरहेको छ भने विशेष पक्षले नयाँ नेतृत्व समेत चयन गर्ने बताइरहेको छ ।

विशेष महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?