+
+
Shares

कांग्रेस विवाद समाधान खोज्न छलफलका लागि जुट्दै नेताहरू, रमेश लेखक अझै पुगेनन्

नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रोचरणको छलफलको तयारीमा जुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसलाई फुटबाट जोगाउन त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रोचरणको छलफलको तयारीमा जुटेका छन्।
  • बिहानको छलफलमा सभापति देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए।
  • शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार र विशेष महाधिवेशनको पक्षबाट चार नेताहरू सहभागी थिए।

२९ पुस, काठमाडौं ।  नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रोचरणको छलफलको तयारीमा जुटेका छन् । यसअघि बिहान पनि छलफलमा जुटेका नेताहरूबीच सहमति जुटेको थिएन ।

बिहानको छलफलमा सभापति शेरबहादुर देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए ।

त्यस्तै शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार थिए भने विशेष महाधिवेशनको पक्षबाट प्रदीप पौडेल, देवराज चालिले, गुरुराज घिमिरे र मधु आचार्य थिए ।

बिहान नेताहरू लाजिम्पाटमा भेला भएका थिए ।

दोस्रोचरणको छलफलका लागि नेता रमेश लेखक आउन बाँकी रहेको चालिसेले जानकारी दिए । ‘वार्तास्थलमा तीन वटै समूहका नेताहरु पुग्यौं,’ उनले भने, ‘छलफल सुरु भएको छैन । रमेशजीको पर्खाइमा छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?