४ पुस, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक र पूर्वाग्रह ढंगले सुक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव दिएका छन् ।
तत्कालीन अवस्थामा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लेखकले आयोगलाई यस्तो सुझाव दिएका हुन् ।
आइतबार आयोगसमक्ष बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा लेखकले यस्तो बताएका हुन् ।
‘आयोगलाई पनि मैले निवेदन गरेको छु । आयोगले भदौ २३ र २४ गते भएका घटनाहरूका् निष्पक्ष, वस्तुनिष्ट, तथ्यपरक, पूर्वाग्रहरहित ढंगले सम्पूर्ण कुराहरूको विश्लेषण गरेर अत्यन्त सुक्षम ढंगले अध्ययन गरेर आफ्नो प्रतिवेदन तयार गरोस् । सरकारलाई सिफारिस गरोस्,’ उनले भनेका छन् ।
उनले आवश्यक परेको खण्डमा फेरि पनि बयानका लागि बोलाउन आयोगलाई भनेको जानकारी पनि गराए ।
‘यसले वर्तमान र भविष्यलाई पनि एउटा दिशानिर्देश गरेर म आयोगलाई शुभकामना दिन चाहन्छु । मैले आयोगलाई अझै आवश्यकता पर्यो भने बोलाउनुस् भनेको छ,’ लेखकले थप भने, ‘थप बुझ्नुपर्यो भने, जान्नपर्यो भने, सुन्नुपर्ने भयो भने म आउँछु । किनभने म जवाफदेहीतामा विश्वास गर्छु । प्रश्न उठ्छन् प्रश्नको जवाफ दिनुपर्छ ।’
प्रतिक्रिया 4