+
+
Shares

यी हुन् कांग्रेसमा सुदूरपश्चिम प्रदेशबाट समानुपातिक सांसदका लागि पेस भएकाहरू

कांग्रेसमा सुदूरपश्चिमबाट ११ जनाको नाम पेस भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ बन्दसूची बुझाउने अन्तिम दिन १४ पुसमा परेको छ।
  • नेपाली कांग्रेसले सातै प्रदेशबाट पेस भएका समानुपातिकतर्फका नामहरू केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन गराइसकेको छ।
  • सुदूरपश्चिम प्रदेशबाट कांग्रेसले खस आर्य, दलित र थारु जातिका पुरुष र महिलाका गरी ११ जनाको नाम पेस गरेको छ।

१४ पुस, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि आज समानुपातिकतर्पको बन्दसूची बुझाउने अन्तिम दिन हो । त्यसका लागि केही दलहरू निर्वाचन आयोग पुगेर बन्दसूची बुझाइरहेका छन् भने केही दल भने अझै नाम टुंगो लगाउन नसक्दा छलफलमै छन् ।

यस्तै नेपाली कांग्रेसले पनि अझै नाम टुंगो लगाउन सकेको छैन। कांग्रेसले सातै प्रदेशबाट पेस भएका नामहरू केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भइसकेको छ । कांग्रेसमा सुदूरपश्चिमबाट ११ जनाको नाम पेस भएको छ ।

यी हुन् सुदूरपश्चिमबाट पेस भएको समानुपातिकतर्फको सूची
खस आर्य पुरुष –
१) करवीर कार्की – दार्चुला
२) यज्ञनिधि कोइराला – कैलाली
३) दिपेन्द्र बम – बैतडी

खस आर्य महिला
१) विध्या तिमल्सिना- बाजुरा (पिछडिएको क्षेत्र)
२) शान्ति पुजारा – बझाङ
३ प्रसिस महरा – डोटी
४) कल्पना केसी – कञ्चनपुर

दलित पुरुष
१) टेकबहादुर बिक – अछाम

दलित महिला
१) हरिना कामी – डडेल्धुरा

थारु पुरुष
१) तौला राना – कञ्चनपुर

थारु महिला
१) रिता चौधरी – कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?