+
+
Shares

कांग्रेस प्रदेश समितिले ल्याएको समानुपातिकको सूची अनुमोदन

नेपाली कांग्रेसले आफ्ना प्रदेश समितिमार्फत आएका समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सातै प्रदेशबाट आएका समानुपातिक सांसदको उम्मेदवारको सूची केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ।
  • उद्धव थापाका अनुसार बैठक दुई घण्टाका लागि स्थगित गरिएको छ र त्यसपछि उम्मेदवारको नाम सार्वजनिक गरिनेछ।
  • फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो।

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेश समितिमार्फत आएका समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सातै प्रदेशले आफ्नो भागमा परेका समानुपातिकतर्फका सांसदको उम्मेदवारको सूचीलाई जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।

उक्त नामहरू अनुमोदन भएपछि अहिले २ घण्टाका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

अब दुई घण्टापछि बस्ने बैठकले समानुपातिकतर्फको सांसदका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचन आयोग जाने उनको भनाइ छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । थापाले सूची बुझाउनको लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?