+
+
Shares

कांग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव

संस्थापन पक्षबाट आएको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकार्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:५२

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ ।

उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर देउवा पक्षका ६० प्रतिशत समेटिने छन् । गगन थापा र शेखर कोइराला समूहका ४० प्रतिशत समेटिने छन् । संस्थापन पक्षबाट आएको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकार्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए

कांग्रेसमा विगतदेखि नै यस्तो भागबन्डा चल्दै आएको छ । समानुपातिक तर्फको उम्मदेवारी दिने सोमबार अन्तिम दिन हो । अन्तिम दिन सूची बुझाउनका लागि दलहरू निर्णायक गृहकार्यमा छन् ।

कांग्रेसका शीर्ष नेताहरू पनि सूची तय गर्नका लागि आन्तरिक छलफलमा छन् । ११० जनाको सूची क्लस्टर मिलाएर पेस गर्नुपर्ने छ । कांग्रेसले विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई नदिने भन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?