+
+
Shares

११ बजे बस्ने भनिएको कांग्रेस कार्यसम्पादन समितिको बैठक अझै बसेन

आज बिहान ११ बजेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बसेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भए पनि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची तयार पार्न नेताहरू व्यस्त भएका कारण बस्न सकेको छैन।
  • आज समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो र कांग्रेसले समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।
  • नेताहरू गुटगत छलफलमा व्यस्त छन् र पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै उपस्थित छन्।

१४ पुस, काठमाडौं । आज बिहान ११ बजेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बसेको छैन । नेताहरू प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक बस्न नसकेको हो ।

आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । नेताहरू अहिले गुटगत छलफलमा व्यस्त छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?