News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गरेका कामकारबाहीको विषयमा बयान दिएका छन्।
- उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमा प्रदर्शनमा बल प्रयोग नगर्न निर्देशन दिएको बताए।
- रमेश लेखकले सुरक्षा निकायलाई हताहति नहोस्, समन्वयात्मक शान्ति सुरक्षा मिलाउन र नेतृत्व विहीन प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको खुलाएका छन्।
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । उनले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।
सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिए ।
उनले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताए ।
‘सुरक्षा निकायलाई मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिएँ- पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो- समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो- यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’
आयोगमा पेस गरेको जवाफको प्रतिलिपी उनले सार्वजनिक पनि गरेका छन् ।

प्रतिक्रिया 4