News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलनमा असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ भदौको घटना गराइएको बताएका छन्।
- उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको र २३ भदौको हताहती आवेगप्रेरित मात्र नभएको बताए।
- लेखकले जेनजीले शान्तिपूर्ण प्रदर्शन सुरु गरेको र घुसपैठले आन्दोलन हिंसात्मक बनेको भन्दै धेरैको मृत्यु र घाइते भएको उल्लेख गरे।
१४ पुस, काठमाडौं । जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले असल नियतका साथ भएको प्रदर्शनमा घुसपैठ गरेर २३ र २४ को घटना गराइएको बताएका छन् ।
जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले २४ भदौको विध्वंश पूर्वनियोजित र योजनाबद्ध रूपमा घटाइएको भन्दै २३ मा भएको हताहतीको आवेगप्रेरित मात्र नभएको बताए ।
जेनजीले असल मनोभावनाका साथ सुरु गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर राष्ट्रविरुद्ध नै आक्रमण गरिएको उनको भनाइ छ ।
‘जेनजी पुस्ताले असल मुद्दा र असल मनासायसहित २३ भदौमा प्रदर्शन आयोजना गरेका थिए । माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वर पुग्दानपुग्दै घुसपैठ भयो,’ उनले भने, ‘प्रदर्शनमा घुसपैठ भएको कुरा युवा पुस्ताका भाइबैनीहरूले नै आन्दोलन हाइज्याक भयो भनेर घर फर्कन आह्वान गर्नुले पुष्टि हुन्छ । यसरी आन्दोलन हिंसात्मक बनाइयो, जसका कारण दु:खद घटना हुन पुग्यो । धेरैको मृत्यु भयो, धेरै घाइते हुनुभयो ।’
प्रतिक्रिया 4