+
+
Shares

जेनजी आन्दोलनमा क्षति पुगेका ४६५ प्रहरी कार्यालय मर्मतपछि सञ्चालनमा

जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका नेपाल प्रहरीका ४६५ कार्यालयमा पूर्णरूपमा मर्मतपछि सञ्चालनमा आएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:५३

१३ पुस, काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका नेपाल प्रहरीका ४६५ कार्यालयमा पूर्णरूपमा मर्मतपछि सञ्चालनमा आएका छन् ।

करिब ५ सय प्रहरी कार्यालयहरूमा क्षति भएको डीआईजी दीपक रेग्मी नेतृत्वको आन्तरिक छानबिन समितिले उल्लेख गरेको थियो । ती मध्ये अहिले ४६५ प्रहरी कार्यालयहरू मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यकामा रहेका १८ वटा प्रहरी वृत्तमध्ये १७ वटा खरानी भएका थिए ।

अहिले ती कार्यालयलाई सञ्चालनमा ल्याइएको छ । वृत्तसहित उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?