+
+
Shares

हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस नेता रमेश लेखकले २३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा मानवीय हताहतीको पीडाबोधले तत्कालीन गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
  • लेखकले जेनजी आन्दोलन शान्तिपूर्ण रहेको र पूर्वनियोजित घुसपैठपछि हिंसात्मक बनेको उल्लेख गर्दै त्यसक्रममा धेरै मानवीय हताहती भएको बताए।
  • उनले २३ भदौमै राजीनामा दिएको र २४ गते मुलुकमा विध्वंश मच्चिँदा आफू गृहमन्त्री नरहेको स्पष्ट पारे।

१४ पुस, काठमाडौं । जेनजी आन्दोलनताका गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकले २३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् ।

जेनजी आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो । त्यही पीडाबोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने ।

आन्दोलनमा मानवीय हतहती भएकै दिन २३ भदौमै आफूले राजीनामा दिएको भन्दै उनले २४ गते मुलुकमा विध्वंश मच्चाइँदा आफू गृहमन्त्रीमा नरहेको बताए ।

‘मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के सबैभन्दा ठूलो आयोग जनताको बीचमा उभिएर स्पष्टसँग भन्दैछु, २३ भदौमा हृदयविदारक घटना भएपछि पदीय नैतिकताको आधारमा त्यसै दिन गृहमन्त्रीबाट राजीनामा दिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?