+
+
Shares

देउवाको राजीनामामा जुटेन सहमति, त्रिपक्षीय वार्ता एक घण्टालाई स्थगित

नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न बसेको त्रिपक्षीय वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको त्रिपक्षीय वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको छ।
  • विशेष महाधिवेशन पक्षले देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोड्ने माग राखेको छ, जसमा सहमति नजुटेको एक नेताले बताए।
  • वार्तामा सहभागी नेताहरूले शीर्ष नेतृत्वसँग छलफल गरी देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताबारे निर्णय गर्ने भएका छन्।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न बसेको त्रिपक्षीय वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामाको विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्ने भन्ने विशेष महाधिवेशन पक्षधरको मागमा सहमति जुट्न नसकेको हो ।

‘अरु कुराहरूमा खासै ठूलो समस्या भएन अब । नेतृत्वले राजीनामा गर्ने, राजनीति छोड्ने भन्ने विशेष पक्षको मागका विषयमा कुरा मिलेको छैन,’ उनले भने, ‘यसबारे संवाद अझै गर्नुपर्छ भनेर अहिलेलाई १ घण्टा छलफल स्थगित गरिएको छ ।’

संवादमा बसेका नेताहरूले मात्रै नेतृत्वको राजनीतिक विश्राम र राजीनामाबारे निर्णय गर्न नसक्ने भन्दै शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।

अब देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताका विषयमा वार्तामा सहभागी नेताहरूले शीर्ष नेतृत्वसँग छलफल गर्ने छ ।

वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए ।

त्यस्तै सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक थिए भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार र मीनेन्द्र रिजाल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?