२९ पुस, काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरु सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।
पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरु सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।
पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि बिहान तीन पक्षका नेताहरु संवादमा जुटेका थिए ।
वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन आह्वान गर्नुको कारणबारे जानकारी गराउका थिए ।
प्रतिक्रिया 4