+
+
Shares

सिन्धुलीमा एसबीआई बैंकको शाखामा लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते २१:४६

२९ पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

‘६/७ जना व्यक्ति नकाब लगाएर पुगेर बैंक लुटपाट गरेको भन्ने छ,’ उनले भने, ‘अनुसन्धानको टोली पुगेको छ । हामी पनि पुग्दैछौं ।’

स्थानीयका अनुसार भने नकाबधारीहरु छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका छन् ।

घाइते सेक्युरिटी गार्डको भने गाउँपालिकाकै बस्तीपुरको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?