+
+
Shares

नाफिजका २७४ सदस्यको दुर्घटना बीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आर्थिक पत्रकार संघले आफ्ना २७४ सदस्यको सामूहिक दुर्घटना बीमा गराएको छ।
  • बीमालेख आगामी पुस ३० गतेदेखि लागू हुनेछ र कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ छ।
  • बीमालेखले उपचार खर्च, मृत्यु, अशक्तता र किरिया खर्चसमेत समेट्नेछ।

२९ पुस, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ ।

नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।

नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो ।

यो वर्ष उक्त बीमालेख नवीकरण गर्दै २७४ जनाको बीमा गरिएको हो । यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन् ।

बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ । यसमा कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ रहेका छ ।

बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ । नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यहरूलाई सुरक्षा प्रदान गर्न दुर्घटना बीमालाई निरन्तरता दिएको बताइन् ।

‘हामीले गत वर्ष पनि सदस्यहरूको बीमा गरेका थियौं । त्यसमा दुर्घटनामा परेर घाइते भएका दुई जना सदस्यले दावी भुक्तानी लिनु भएको थियो’ उनले भनिन्, ‘पछिल्लो एक वर्षमा भएका विभिन्न आन्दोलनले पत्रकारहरूमा बीमाको महत्व थप बढाएको छ । फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरू त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सदस्यहरूको दुर्घटना बीमा नवीकरण गरेका हौँ ।’

बीमामा समेटिएका बीमित सदस्यहरू कुनै कारणबंश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्नेछ ।

यस्तै, दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरीर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पुर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पूर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?