+
+
Shares

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक, जुम्लामा सबैभन्दा कम

बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.३ मापन भएको छ भने जुम्लाको -५.९ डिग्री सेल्सियस मापन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १०:३३

३० पुस, काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । तापक्रम घटेसँग जडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ ।

आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो ।

आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।

पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।

यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?