News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार कन्य च्याउको मूल्य प्रतिकिलो १५ रुपैयाँ घटेर १५० रुपैयाँ पुगेको छ।
- डल्ले च्याउको मूल्य बुधबार प्रतिकिलो २५ रुपैयाँ बढेर ४ सय रुपैयाँ पुगेको छ।
३० पुस, काठमाडौं । बजारमा कन्य च्याउको मूल्य घटेको छ भने डल्ले च्याउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार च्याउको मूल्यमा घटबढ देखाएको हो ।
बुधबार कन्य च्याउको मूल्य प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा औसत १ सय ६५ रुपैयाँमा किनबेच भएको उक्त च्याउ प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हिजो मंगलबारको तुलनामा आज बुधबार डल्ले च्याउको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ बढेको छ । आज डल्ले च्याउ प्रतिकिलो थोकमा ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार भने उक्त च्याउ प्रतिकिलो ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4