+
+
Shares

जनकपुरमा एकैदिन फरक ठाउँमा टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:२४

३० पुस, जनकपुरधाम । जनकपुरमा एकै दिन दुई अलगअलग स्थानमा टिप्परले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

आज बिहान जनकपुरको रामानन्द चोकमा टिपरले ठक्कर दिँदा साइकलमा सवार एकजना महिला गम्भीर घाइते भएकी छिन् ।

यो घटनाको केही घण्टापछि जनकपुरको मिल्स एरियामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

ना ८ ख ८२५७ नम्बरको टिपरले पछाडिबाट ठक्करबाट ज ७ प २८३७ नम्बरको मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि स्थानीयहरूले टिप्परमा तोडफोड गरेका छन् । जलाउन खोजेपछि प्रहरीले सुरक्षित साथ त्यहाँबाट निकालेको हो ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरको ठक्करबाट मिथिला विहारी नगरपालिका – ७ तारापट्टीकि २७ वर्षीया नितु साह गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारको लागि काठमाडौँ पठाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।

टिपर र टिपर चालक नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा प्रहरी प्रशासनकै संरक्षणमा टिपर आतंक पछिल्लो समय बढ्दै गएको छ । ठाउँ ठाउँमा प्रहरीको गस्ती भएपनि ओभरलोड गरेर तीव्र गतिमा बीच व्यस्त बजारमा समेत चल्ने गरेको छ । तर नियन्त्रण नगर्दा आम सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?