News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा सहभागी भएका छन्।
- राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेकपामा समाहित भएका छन्।
- बज्राचार्यले तामाङ भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुन थालेको बताए।
३० पुस, काठमाडौं । बागमती प्रदेशमा पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा उपस्थित भएका छन् । उनी देश विकास पार्टीका बागमती प्रदेश संसदीय दलका नेता हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमी लगायतका नेताहरू नेकपामा समाहित भएका छन् । उक्त कार्यक्रममा बज्रचार्य सरिक भएका हुन् ।
राष्ट्रिय सभागृहमा आयोजिक एकता समायोजन सभामा सहभागी भएर बज्रचार्यले सम्बोधन समेत गरे । आम युवाले व्यवस्था परिवर्तनसँगै अवस्थामा समेत परिवर्तन चाहेको बताए ।
नेपाली कम्युनिस्ट पार्टीले बोकेका एजेण्डा सही भएत पनि जनताको बीचमा विश्वास आर्जन गर्न आवश्यक रहेको बताए । मिडियामा बोलेर मात्रै नहुने बताए । गणतन्त्र, समावेशिता लगायतका विषय नेकपाका शीर्ष नेताहरूको संघर्षले प्राप्त भएको स्मरण गरे ।
तामाङ भाषा, नेपाली भाषा समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुन थालेको भनेर उनले गणतन्त्रको यी लगायतका धेरै उपलब्धी रहेको बताए ।
उनले थपे, ‘म तपाईंहरूलाई सावधान भन्न चाहन्छु । अब दुर्घटना गर्नेतिर नलाग्नुस् । यहाँको नागरिकको हक, हित अधिकार, बिचार र सोचका साथै के चाहेको छ भनेर ख्याल गर्नुहोस् ।’
साधारण भएर अगाडि बढ्न र नेवारबासीलाई धोका नदिने गरी अगाडि बढ्न उनले आग्रह गरे ।
साथै उनले सुमान सायमीलाई काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव जीतका लागि शुभकामना दिए । सायमी यसअगाडि २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए । त्यसबेला सायमीले ६ हजार १७९ मत पाएका थिए ।
प्रतिक्रिया 4