+
+
Shares

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा नाचगान (तस्वीरहरू)

नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाचगान चलिरहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष ३० गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी छ र गगन थापा सभापति निर्वाचित हुँदैछन्।
  • शेरबहादुर देउवा पक्षको बैठकले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई कारबाही गरेको छ।
  • महाधिवेशनमा बन्दसत्र हलमा देउवालगायत विरुद्ध नाराबाजी भइरहेका बेला गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा नाचगान भइरहेको छ।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाचगान चलिरहेको छ । केन्द्रीय कार्यालयमा बसेको शेरबहादुर देउवा पक्षको बैठकले महामन्त्रीद्वय गनगकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई कारबाही गरेको थियो । यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भने निर्वाचन प्रक्रिया जारी छ । यहाँ गगन थापा सभापति निर्वाचित हुँदैछन् ।

अहिले बन्दसत्र हलमा पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवालगायत विरुद्ध नाराबाजी लगाइरहेका छन् भने गगन थापा, विश्वप्रकाश शर्मासहितको नाममा जिन्दावाद भन्दै नाचगान गरिरहेका छन् । कांग्रेसको नाममा बनेको गीत बजाइएको छ भने महाधिवेशन प्रतिनिधिहरू नाचिरहेका छन् ।

 

कांग्रेस महाधिवेशन विवाद
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?