+
+
Shares

केन्द्रीय कार्य समितिमा पूर्णबहादुर : गगन-विश्वले धोका दिए, पार्टी फुटतिर गयो

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन्।
  • खड्काले पुसमा नियमित महाधिवेशन गर्नेबारे महामन्त्रीहरूसँग सल्लाह गरे पनि कामकारबाही नभएको बताएका छन्।
  • खड्काले महामन्त्रीहरूले पार्टी विभाजनमा धकेल्ने काम गरेको र पार्टी फुट निश्चित भएको बताएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको ब्रिफिङ गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले यसअघि पुसमा पार्टीको नियमित महाधिवेशन ल्याउने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेर ल्याएको र उक्त समयमा कामकारबाही नभ्याएको बताएका हुन् ।

‘पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सल्लाहअनुसार नै तालिका ल्याउँदा, कामकारबाही गर्दागर्दै भ्याइएन’ उनले भने, ‘महामन्त्रीहरूले केही सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । उहाँहरू कामकारबाही हुन नसक्नुमा आफ्नो केही दोष हैन जसरी विशेष महाधिवेशनमा लाग्नुभयो । पार्टीलाई विभाजनमा धकेल्ने गरी जानुभयो ।’

त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनमा धकेलिएको बताएका छन् ।

‘अब पार्टी फुटमा जाने करिब निश्चित छ’ खड्काले बैठकमा भने, ‘महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक संन्यास र निर्वाचन हाइकमान्ड बनाउने प्रस्ताव गर्नुभएको हो । यसमा केही विषय मिल्नै नसक्ने खालका भए ।’

यसअघि विशेष महाधिवेशन पक्षधरहरूसँग संस्थापनका नेताहरूले पटकपटक वार्ता गरेका थिए । अन्तिम पटक विशेष पक्षधरहरूले विभिन्न ८ वटा बुँदा सहितका शर्त अघि सारेका थिए ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?