+
+
Shares

कारबाहीपछि विश्वप्रकाश- ‘गगन र म दुवै दृढ छौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महामन्त्री विश्वप्रकाश शर्माले देउवा पक्षको पाँच वर्षका लागि कारबाहीपछि विशेष महाधिवेशनप्रति आफ्नो दृढता व्यक्त गर्नुभएको छ।
  • शर्माले सहमतिका लागि प्रस्तावित ८ बुँदा सार्वजनिक गर्दै कांग्रेस र देशको अहित हुने कुनै बुँदा नभएको बताउनुभएको छ।
  • सहमतिमा विशेष महाधिवेशनको स्वामित्व साझा लिने, संसदीय बोर्ड गठन गर्ने र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने विषय समावेश थिए।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री र आफू विशेष महाधिवेशनप्रति दृढ रहेको बताएका छन् ।  शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको केहीबेरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मेरो प्रतिक्रिया केवल यत्ति छ- कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।’

साथै शर्माले सहमतिका लागि के कस्ता बुँदा प्रस्तुत गरिएको थियो भनेर समेत प्रस्तुत गरेका छन् ।

उनका अनुसार सहमतिका लागि प्रस्तावित ८ बुँदा थिए । उनले ति बुँदा उल्लेख गर्दै भनेका छन्, ‘कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?’

शर्माका अनुसार विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने, विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने, सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने, उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने लगायतका विषय सहमतिका लागि प्रस्तुत गरिएका थिए ।

८ बुँदामा आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने, कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने, नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने र यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने विषय पनि थियो । यस्तो संरचनामा कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने भनिएको थियो ।

त, यसमा सहमति हुन सकेन । त्यसपछि देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा सहितका नेताहरूलाई कारबाही गरेको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?