+
+
Shares

कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा कानुनी परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ११:१२

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् ।

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर  देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुटेका हुन् ।

छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निर्क्यौल निकाल्न सुझाव दिएका थिए ।

देउवासँग भएको छलफलबारे कानुन विद्‍सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

सभापति देउवासँग बुधबार बिहान भएको छलफलमा सहमति हुन नसकेपछि थापा र शर्मा देउवा निवासबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?