+
+
Shares

कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्

‘हामी प्रतिबद्ध छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको देउवा पक्षका महामन्त्री कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन्।
  • शर्माले कारबाहीबाट नआत्तिएको र राजनीतिमा कहिलेकाहीँ यस्तो हुने स्वभाविक कुरा भएको उल्लेख गरेका छन्।
  • उनीहरूले कारबाहीलाई स्वभाविक रुपमा लिने र यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले महामन्त्रीबाट कारबाहीमा परेका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्नसक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन,’ उनले भने ।

आफू कारबाहीबाट नआत्तिएको बताउँदै राजनीतिमा कहिलेकाहीं यस्तो हुने जिकिर गरे । यसलाई स्वाभाविक रुपमा लिन पनि शर्माले जानकारी दिएका छन् ।

‘हामी यसलाई बदल्छौं । कारबाहीमा परेका हामी नै आत्तिएका छैनौं । राजनीतिमा यस्तो हुन्छ । यो स्वाभाविक हो,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?