+
+
Shares

देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रूख र चारतारे झन्डा हामीसँग छ’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्काशन गरेको छ।
  • गगनकुमार थापाले पार्टीको आधिकारिकता विशेष महाधिवेशनबाट विधिवत र विधानसम्मत नेतृत्व चयन हुँदै आएको बताएका छन्।
  • थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे निर्वाचन आयोगलाई जानकारी दिने तयारी भइरहेको बताएका छन्।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।

देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिक नै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।’

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ ।

‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौं’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रूख, चारतारे झन्डा हामीसँगै छ । अर्को कुरा कांग्रेस नै हामी हौँ ।’

देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले वैशाखमा स्वत: अलग हुन्छु अहिले किन म निष्क्रिय हुने भन्ने जवाफ दिएको थापाले बताए ।

त्यस्तै उनलाई वैशाखसम्म किन कुर्न नसक्नुभएको त ? भन्ने प्रश्नको उत्तर दिंदै भने, ‘पर्खिन नसक्ने अवस्था भयो । पर्खिन हाम्ले नसकेको हैन । देश, समाज र कार्यकर्ताले कुर्न सकेनन् । उहाँहरूलाई स्वीकारिरहन सकेको भए भदौ २३ को घटना हुने नै थिएन ।’

 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?