+
+
Shares

गगनले लिए सभापतिको शपथ, अन्यको दिउँसो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १:५९

१ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् ।

निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची पढेरर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने बिहीबार दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको जानकारी गराइएको छ ।

नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।

मध्यरातपछि स्ुरु भएको घोषणा कार्यक्रम २ बजेमात्रै सकिएको थियो ।

उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?