News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुरले केहीबेरपछि गगनकुमार थापा पार्टीको नयाँ सभापति हुने बताएका छन्।
- मन्सुरले अहिलेसम्म सभापति शेरबहादुर देउवा रहेको र नयाँ नेतृत्व आउने स्पष्ट पारेका छन्।
- उनले कांग्रेसको नेतृत्व हिँड्न सक्ने, बोल्न सक्ने, बुझेर बुझाउन सक्नेले मात्रै गर्ने बताए।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले केहीबेरपछि पार्टीले नयाँ सभापति पाउने बताएका छन् ।
विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै मन्सुरले अहिलेसम्म सभापति शेरबहादुर रहेको र केहीबेरपछि गगनकुमार थापा पार्टी नेता निर्वाचित हुने बताएका हुन् ।
‘शेरबहादुर देउवाजी अहिलेसम्म हाम्रो सभापति भन्दैछौँ । केहीबेरपछि हाम्रो सभापित गगन थापा हुँदैछ,’ उनले भने, ‘एउटा कुरा भन्छु- म कांग्रेसका ६ सभापतिसँग काम गरेको छु । अबको कांग्रेसको बेगलाई कुनै षडयन्त्र र कोठाको निर्णयले रोक्न सक्दैन ।’
उनले कांग्रेसको नेतृत्व हिँड्न सक्ने, बोल्न सक्ने, बुझेर बुझाउन सक्नेले मात्रै गर्ने बताए ।
प्रतिक्रिया 4