+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ३० पुस, काठमाडौंमा बिहान ८ बजे बोलाइएको थियो।
  • बैठक ६ घन्टापछि सुरु भएको छ।
  • हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ । विवाद समाधानका लागि नेताहरू छलफलमा पनि जुटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?