News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत नेता–कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताए।
- मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।
- उनले विशेष महाधिवेशनमा नयाँ कार्यसमिति चयन हुने र अर्को कुनै कमिटी नभएको खुलाए।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए ।
‘कांग्रेसको वेगलाई, बहुमत नेता–कार्यकर्ताको बेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन,’ उनले भने, ‘यहाँ विशेष अधिवेशन चलिरहेको छ, केहीबेरमा नयाँ कार्यसमिति चयन हुन्छ । अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4