+
+
Shares

गुणस्तरहीन ‘हाइजेन रुस’ म्यांगो ड्रिंक तत्काल बजारबाट फिर्ता गर्न निर्देशन 

विभागले बुधबार सूचना जारी गर्दै झापाको कमल गाउँपालिकास्थित हाइजेन प्याक्स नेपाल प्रालिले उत्पादन गरेको उक्त पेय पदार्थमा कैफियत भेटिएको पुष्टि गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'हाइजेन रुस' ब्रान्डको म्यांगो ड्रिंक न्यून गुणस्तरको पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
  • विभागले झापाको कमल गाउँपालिकास्थित हाइजेन प्याक्स नेपाल प्रालिले उत्पादन गरेको उक्त पेय पदार्थमा कुल घुलनशील ठोस पदार्थको मात्रा मापदण्डभन्दा कम भएको पुष्टि गरेको छ।
  • फिर्ता निर्देशन गरिएको ब्याच नम्बर एनएमआर१०७एम१ को उत्पादन मिति २७ पुस २०८२ र उपभोग्य अवधि १२ महिना रहेको छ।

३० पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंक (आँपको पेय) न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बुधबार सूचना जारी गर्दै झापाको कमल गाउँपालिकास्थित हाइजेन प्याक्स नेपाल प्रालिले उत्पादन गरेको उक्त पेय पदार्थमा कैफियत भेटिएको पुष्टि गरेको हो ।

बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त म्यांगो ड्रिंकमा ‘कुल घुलनशील ठोस पदार्थ’ को मात्रा नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड बमोजिम नपाइएकाले विभागले फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले फिर्ता गर्न निर्देशन दिएको उक्त म्यांगो ड्रिंकको ब्याच नम्बर एनएमआर१०७एम१ हो । २ सय मिलिलिटरको प्याकेजिङमा उपलब्ध यस उत्पादनको उत्पादन मिति २७ पुस २०८२ रहेको र यसको उपभोग्य अवधि १२ महिना उल्लेख गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ को प्रावधान अनुसार उक्त ब्याचका सम्पूर्ण खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता लैजान र आगामी दिनमा यसको बिक्री वितरण नगर्न तथा नगराउन विभागले उत्पादक र वितरकलाई निर्देशन दिएको छ ।

उपभोक्तालाई पनि कुनै पनि खाद्य वस्तु खरिद गर्दा त्यसको लेबल, ब्याच नम्बर र गुणस्तरमा विशेष ध्यान दिन र कैफियत पाइए सम्बन्धित निकायमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?