News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका-१४ गोदावरीस्थित नाङ्लो बेकरीको क्रोइसेन्टमा बढी ट्रान्स फ्याट भेटिएको सूचना जारी गरेको छ।
- विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७५ को दफा ३८ (२) अनुसार उक्त क्रोइसेन्ट बजारबाट फिर्ता लिन र बिक्री रोक्न निर्देशन दिएको छ।
- फिर्ता गर्न भनिएको क्रोइसेन्टको ब्याच नम्बर ०१ हो, उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको छ।
२३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिका-१४ गोदावरीस्थित नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रोइसेन्ट’ मा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ (ट्रान्स फ्याट) भेटिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार सूचना जारी गरी उक्त क्रोइसेन्ट तत्काल बजारबाट फिर्ता लिन बेकरीलाई निर्देशन दिएको छ ।
विभागले बजार अनुगमन क्रममा संकलन गरेको उक्त क्रोइसेन्टको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७५ को दफा ३८ (२) को प्रावधान अनुसार औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशतभन्दा बढी पाइएको थियो ।
सूचना अनुसार यो खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।
फिर्ता गर्न आदेश दिइएको क्रोइसेन्टको ब्याच नम्बर ०१ रहेको छ । यसको उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको छ ।
विभागले उक्त ब्याच नम्बरको क्रोइसेन्टको बिक्री तत्काल रोक्न र बजारबाट फिर्ता गर्न/गराउन विभागीय निर्णय अनुसार आदेश जारी गरेको छ ।
उपभोक्ताहरूलाई उल्लेखित ब्याचको क्रोइसेन्ट उपभोग नगर्न पनि विभागले आग्रह छ ।

प्रतिक्रिया 4