+
+
Shares

बाँकेको ‘डल्फिन फिड्स’ मा भेटिएको साढे २ टन अखाद्य मकै नष्ट

९३ बोरा मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत (खराबी) देखिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित डल्फिन फिड्स प्रालिमा भेटिएको २ हजार ५ सय किलो अखाद्य मकै नष्ट गरेको छ।
  • उद्योग अनुगमनमा ९३ बोरा मकैमा 'कैफियत युक्त' ट्याग भेटिएको र ५० बोरा मकैमा खराबी देखिएको पुष्टि भएको छ।
  • खराबी देखिएका ५० बोरा मकैको मूल्य ८२ हजार ५ सय रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।

२६ पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित एक उद्योगमा भेटिएको २ हजार ५ सय किलो (साढे २ टन) अखाद्य मकै नष्ट गरेको छ ।

विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले कोहलपुर नगरपालिका–७ स्थित ‘डल्फिन फिड्स प्रालि’ मा भेटिएको उक्त परिमाणको मकै नष्ट गरेको हो ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार १७ मंसिरमा उद्योग अनुगमन गर्दा त्यहाँ ९३ बोरा मकैमा उद्योगले नै ‘कैफियत युक्त’ भनी ट्याग टाँसेर राखेको पाइएको थियो ।

उक्त ९३ बोरा मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत (खराबी) देखिएको र बाँकी ४३ बोरा भने प्रयोगका लागि अनुकूल पाइएको थियो ।

प्रयोगशाला रिपोर्टका आधारमा शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज कोहलपुर–७ का अध्यक्ष र डल्फिन फिड्सका सञ्चालकको रोहबरमा कैफियत देखिएका ५० बोरा मकै नष्ट गरिएको छ ।

५० किलोका दरले हुने जम्मा २ हजार ५ सय किलो उक्त मकैको मूल्य ८२ हजार ५ सय रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?